Thursday, August 13, 2020

मलाई यो समाजले बाहुन भन्छ तर मेरो जात मानव हो । (भुवन भट्टराई)

छुवाछूतको अन्त्य सबै चाहान्छन तर आफुबाट होईन अरु बाट । विभिन्न व्यक्तिहरु सामाजिक संजालमा होस या त कुनै सभा समारोह मै भन्ने गर्छन जातीय विभेदको अन्त्य हुनु पर्छ र तिनै उच्च जातिय भनिने व्यक्ति जतिनै छुवाछूतको अन्त्य भनेर कराए पनि बाहुन क्षेत्री को घरमा दलित पस्न खोज्दा सबैको अनुहार बिगृन्छ । घर भित्र सम्म त नगएपनी हुन्थ्यो भन्ने सोच्न थालिहाल्छन झन भान्साको त कुरै छाडौ । परिवर्तन भन्नेकुरा आफुबाट सुरु हुने हो म समाजले दलित भन्ने जुनसुकै थरको मान्छे भएपनी उसको भान्सामा खाना खान सक्छु र जुनसुकै दलितलाई पनि मेरो भान्सामा स्वागत छ । मलाई यो समाजले बाहुन भन्छ तर मेरो जात मानव हो ।

Meri Maya - New Nepali Song | Official Audio Promo | Bhuvan Bhattarai & Asmita Adhikari | 2020

 My upcoming song..


New Lok Dohori Song || चल्यो हावा चल्यो || Bhuvan Bhattarai & Tika Pun Ft.Dhurba & Mamata || 2019

 My New Song..


कथा : छुवाछूत (भुवन भट्टराई)

प्रेम प्रेमिका दुई जना स्कुटिमा हिडिरहेका हुन्छन (हास्दै अंगालोमार्दै)

त्यतिकैमा दाईले देख्छ । हेर्छ मात्र केही बोल्दैन ।

अब बहिनी घर पुग्छे ।

दाइ : के हो त तेरो तरिका ? तलाई यति मेहेनत गरेर हुर्काई बढाई त्यत्रो खर्छ गरि पढाईएको आज यहि देख्नलाई हो ?

बहिनी : किन के भयो र दाइ ?

दाइ : अझ के भयो रे । तैले अरु केहि केटा नपाएर त्यही दलितको छोरो संग लभ गर्दै हिड्नु पर्ने ?

बहिनी : डराउछे । हेर्नुस दाइ यो पढ्ने लेख्ने बेलामा लभ गर्दै हिड्नु गलत हो यो कुरा म मान्छु । तर छोरीको जात एकदिन पराई घर त जानै पर्छ । कसै न कसैलाई आफ्नो जीवन साथी बनाउनै पर्छ । त्यसको लागि जिवनभर साथदिने ईमान्दार र जेहेन्दार मान्छे नै आफ्नो जीवन साथी बनोस यो सबैको ईच्चा हो । मैले पनि त्यही गरेको हो । र कुरा रह्यो जातको । यो जातभातको कुरा भने म मान्दिन त्यो भन्दा अरु कुनै कुराले त्यो केटा गलत छ भन्नू बरु त्यो मान्छु म ।

दाइ : ए अब तैले मलाई सिकाउने । तैले त धेरैपो पढी सकिछेस हैन त । अब भोलि देखि कलेज जानू पर्दैन खुरुक्क घरमै बस्ने । त्या बाहिर निस्केको देखेभने राम्रो हुने छैन । बुझिस । अब एउटा गतिलो जात मिल्ने केटा खोजेर बिहे गरेको दिन मात्र निस्किन पाउछेस ।

बहिनी : रिसाउदै घर भित्र जान्छे 

दाइ : बहिरै रिसाउछ ।

बहिनी : भित्र बसेर कल गर्छे । Love

केटा : (फोन आउँछ । Darling को) हेलो 

केटि : सुन न तिम्रो र मेरो बारेमा दाईलाई थाहा भएछ । भोलिदेखि बाहिर पनि ननिस्किने र कलेज पनि नजाने भन्नू भएको छ । अब के गर्ने ।

दाइ : झ्यालबाट सबै कुरा सुन्छ ।

केटा : हेर हाम्रो जात मिल्दैन यो कुराले गर्दा हामीलाई एक हुन दिदैनन । यदि तिमी मलाई साच्चै माय गर्छेउ र म माथी विश्वास छ भने हामी आजै भागेर बिहे गरौ ।

केटि : मलाई तिमिमा पुर्ण विश्वास छ । म पनि बिहे गर्छु त मात्र तिमीसंग मान्छेले यो समाजले जे सुकै भनोस तर यो जातकै कारण तिमिलाई छोडन भने सक्दिन म । तर एक पट्क हामी भेटेर कुरा गरौ ।

केटा : हुन्छ म यहि माथी चौतारीमा छु तिमी जसोतसो मिलाएर यहाँ सम्म आउ बाकी कुरा भेटेरै गरौला ।

दाइ : सबै सुनेको हुन्छ ।

बहिनी : सुटुक्क भागेर निस्किन्छे ।

केटा : चौतारीमा पर्खिरहेको हुन्छ ।

केटि : आईपुग्छे । र नजिकै बस्छे ।

केही : हेर दाईलाई सबै कुरा थाहा भैसक्यो । अब दाईले हामीलाई एक हुन कहिल्यै पनि दिनुहुने छैन । हामी भागौ ।

केटा : तिमिलाई म प्रती त्यति भरोसा छ भने ठिकै छ हामी भागौ । सोचेको थिए पढाइ सकेपछी आफ्नो खुट्टामा उभिएर तिम्रो हात माग्न आउला । तर पनि जातकै कारण हामिलाई एक हुन दिने त थिएनन् होला । कमसेकम मैले आफ्नो कर्तव्य पूरा गर्न त पाउने थिए ।

केटि : तिमी जतिनै सक्षम भएर मेरो घर परिवारको अगाडि मेरो हात माग्न आए पनि यो कुरा स्विकार्य हुने छैन । बरु हामी आजै भागौ र हाम्रो माया सफल पारौ ।

केटा : हुन्छ त्यसै गरौ । जाउ 

दुबैजाना उभिएर हिड्न थाल्छन र टोलाउछन अगाडि दाइ अनि थुप्रै मान्छे हरु हातमा लाट्ठी लिएर उभिएका हुन्छन ।

दाइ : ए त दलित । तल्लो जाती । त पानी नचल्ने जातले कसरी सोच्न सकिस उच्च जातको कुल घरानमा आँखा लगाउने । साले तैले आफ्नो औकात बिर्षिस । थुक्क कामी ।

केटा : हेर्नुस दाइ हामी एक अर्कालाई माया गर्छौ । हामी दुई एक भयौ भने हाम्रो जीवन सफल र सुखी हुनेछ ।

दाइ : ए त तल्लो जाती भएर मलाई सिकाउने । ठोक केटाहो यसलाई ।

सबै जना केटालाई कुट्न थाल्छन ।

केटि बचाउ भन्दै कराउछे । छोड्दिनु भन्दै कराउछे ।

सबै जनाको कुटाईले केटाले संसार छड्छ ।

एकजना : दाइ यो त मर्‍यो त अब के गर्ने  ।

दाइ : साला कामी मर्‍यो । यसलाई डोरिले बाधेर खोलामा फाल्दे त्यही डुब्छ । कहाँ गयो कसैले पत्तो पाउदैन ।

सबैजान ले डोरिले बाधेर खोलामा फाल्दिन्छन ।

संदेश : उहीँ तल्लो जातिले बनाएको भाडामा खाना खान्छौ । उहीँ तल्लो जातिले बनाएको मुर्तिलाई भगवान सम्झेर पुजा गर्छौ । तर उहीँ मान्छे आखिर किन यति अपहेलित छ यो समाज बाट । के मान्छे मान्छे एउटै हैन र ? आखिर यस्तो कहिले सम्म ?


Video Link :- https://youtu.be/JlyEW40pAhg 

Wednesday, August 12, 2020

गजल : मारेर गई (भुवन भट्टराई)

 खै के देखि उस्ले त्यता मन उतै सारेर गई

तिमि बिना मर्छु भन्थी मलाई जिउदै मारेर गई


मलाई दुख्दा मोति झै आँसु देखाउथी आखामा

तर आज यी आखा बाट साउने भेल झारेर गई


आधी हुरि, बाधा संगै काटाउला भन्थी जिन्दगिको

किनारमा छोडी मलाई आफू डुङ्गा तारेर गई


नाअवोस त्यो दिन की उस्ले मलाई सम्झेर रोलि

खै कसरी भनु आफ्नै जीवन खाल्डोमा पारेर गई


भुवन भट्टराई

कोहलपुर ३, बाके

२०७४/०४/१५

१२:४२ am

गजल : कानुन डराउछ (भुवन भट्टराई)

 कहिले यता गराउछ, कहिले उता गराउछ

बोक्दैन किताब जो, उहीँ देशले नेता गराउछ

हो मेरो देश त्यही नै हो, जहाँ

सरकार देख्दा कानुन डराउछ ।


हार गुहार गर्दै बचाउ भन्दै, जब उ कराउछ

सुन्दैन पापिले बलात्कार, अनि हत्या गराउछ

हो मेरो देश त्यही नै हो, जहाँ

जनता देख्दा कानुन डराउछ ।


हुदैन कारबाही यहाँ, गल्ती गर्नेलाई पनि

बोल्दै न्यायको कुरा अनि, गुन्डागर्दी गराउछ

हो मेरो देश त्यही नै हो, जहाँ

सरकार देख्दा कानुन डराउछ ।


का भने कता गयो, नुनको व्यापार राम्रै गराउछ

छेउमा बसि मुस्कुराउछ, जो छिमेकी लडाउछ

हो मेरो देश त्यही नै हो, जहाँ

सरकार देख्दा कानुन डराउछ ।


बलियो भए सरकार, सबै नियममा बस्ने गराउछ

नगरिकन कुनै गल्ती, अनावश्यक को नै कराउछ 

हो मेरो देश त्यही नै हो, जहाँ

जनता देख्दा कानुन डराउछ ।


भुवन भट्टराई

कोहलपुर -३, बाके